पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिरहामा लागुऔषधसहित एकजना पक्राउ 

संजय विश्वकर्मा /रेडियो नेपाल 
लहान : सिरहको गोलबजारमा घरमै ब्राउन सुगर बिक्री वितरण गरीरहेको बेला एक जनालाई पक्राउ  गरेको छ  । गोलबजार नगरपालिका वडा नं ५ बस्ने  २५ वर्षीय बलि महतो  १ सय ३१  पाकेट  ब्राउन सुगर बिक्री वितरण गरिरहेको बेला बिशेष सुराकीको आधारमा  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी उतम राज बोहराले बताएका छन् ।  महतोको विषयमा थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।