पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भानुभक्त पुरस्कार उपाध्याय र असिम पुरस्कार सिवाकोटीलाई

नेपाल शिक्षा परिषद्ले यस वर्षको आदिकवि भानुभक्त पुरस्कार वरिष्ठ साहित्यकार एवं भाषाविद् मुकुन्दशरण उपाध्यायलाई प्रदान गर्ने भएको छ । यही असार २९ गते आदिकवि भानुभक्त आचार्यको १०६ औँ जन्मजयन्तीका दिन उक्त पुरस्कार प्रदान गरिने परिषद्ले जनाएको छ । परिषद्को बैठकले यसवर्षको गोपाल पाँडे असिम पुरस्कार साहित्यसेवी शेषराज सिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेवापत उहाँलाई आगामी साउन ३२ गते परिषद्को वार्षिकोत्सवका दिन पुरस्कार दिन लागिएको हो । परिषद्ले विसं २०५२ देखि भानुभक्त र २०५० देखि असिम पुरस्कार प्रदान गर्दै आएको हो ।