पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बेटी पढाउ बेटी बचाउ अभियानको लागि ३९ करोड

जनकपुर । प्रदेश नम्बर दुई सरकारले बेटी पढाउ बेटी बचाउ अभियान अभियानलाई विशेष महत्वका साथ संचालन गर्दै आएको छ ।

बेटी पढाउ बेटी बचाउ अभियान संचालनका लागि प्रदेश नम्बर दुई सरकारले आर्थिक वर्ष २०७४÷०७५ मा ८० लाख, आर्थिक वर्ष २०७५÷०७६ मा २० करोड र आगामी आर्थिक वर्ष २०७६÷०७७ मा  ३९ करोड ३३ लाख तथा छोरी मुद्दती कार्यक्रमका लागि ९० करोड रुपैया बजेट छुट्याएको छ ।