पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गलकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम

बागलुङः बागलुङको गलकोट नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ । गलकोट नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १ सय ८५ लाई रोजगारी दिएको छ । 


प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न गलकोट नगरपालिकामा प्राप्त ३८ लाख  रुपैया बजेटबाट इञ्जिनीयरिङ ‘स्टिमेट’को आधारमा नगरपालिका भित्रका सम्पूर्ण वडामा दुई लाखदेखि पाँच लाख रुपैया सम्म बजेट विनियोजन गरिएकोे छ । विनियोजित बजेटको ७० प्रतिशत ज्याला र ३० प्रतिशत सामान खरीदको लागि खर्च गरिने नगरपालिकाले जनाएको छ ।