पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिकलसेल बिरामीको निःशुल्क उपचार गर्दै उपमहानगर


घोराही । दाङको घोराही उपमहानगरपालिकाले सिकल–सेल एनिमिया रोगको प्रारम्भिक जाँच गर्ने भएको छ । यही असार ११, १५ र १६ गते घोराहीका तीन स्थानमा सो रोगको प्रारम्भिक जाँच गर्ने उपमहानगरको स्वास्थ्य शाखाले जानकारी दिएको हो ।
उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा समेत उक्त रोगका बिरामीलाई निःशुल्क उपचार गर्ने कार्यक्रम ल्याएकामा सोही अनुरुप आफ्नो क्षेत्रभित्र सिकलसेलका बिरामीको तथ्याङ्क सङ्कलनका लागि  निःशुल्क शिविर आयोजना गरिएको उपमहानगरले जनाएको छ । नगरप्रमुख नरुलाल चौधरीले सो रोगका विषयमा सचेतना र उपचारमा सरकार प्रतिबद्ध रहेको हुँदा आफूहरुले सिकलसेलका बिरामीको उपचारलाई प्राथमिकतामा राखेकोे जानकारी दिनुभयो ।