पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाली स्याट–१ बाट पृथ्वीको परिक्रमा शुरु

ललितपुर । नेपालको पहिलो भू उपग्रह नेपाली स्याट–१ ले आज देखि पृथ्वी परिक्रमा गर्न शुरु गरेको छ । 

डेढ महिना अघिवाट अन्तर्राष्ट्रिय अन्तरीक्ष कक्ष आइएसएसमा रहंदै आएको भू उपग्रहले आजदेखि पृथ्वीको कक्षमा परिक्रमा गर्न शुरु गरेको हो । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल जापानी अन्तरीक्ष अन्वेषण संस्था (जाक्सा) ले आज जापानमा आयोजना गरेको नेपालको पहिलो भू उपग्रह नेपाली स्याट १ ले पृथ्वी परिक्रमा गरेको प्रत्यक्ष ‘भिडियो कन्फरेन्स’मा सहभागी हुनुभएको थियो ।  

जापानस्थित क्योटोे विश्वविद्यालयले नेपालका लागि भू उपग्रह गत वैशाख ५ गते प्रक्षेपण गरेको थियो ।