पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बजार मेला तथा व्यावसायिक उत्सव

जनकपुरधाम :  प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले प्रदेशलाई समृद्ध बनाउन उद्योग , पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएकोे छ ।घरेलु तथा साना उद्योग कार्यालयद्वारा आज आयोजित बजार मेला तथा व्यावसायिक उत्सव शुभारम्भ गर्दै उहाँले स्थानीयस्तरमा उत्पादित घरेलु सामग्री खपतका लागि बजार मेला सहयोगी माध्यम हुने धारणा व्यक्त गर्नुुभयो । समृद्ध नेपाल र सुखी नेपाली भन्ने नारालाई सार्थक तुल्याउन प्रत्येक व्यक्ति उद्यमी बन्न जरूरी छ भन्दै उहाँले प्रदेश सरकारले स–साना उद्योग प्रवद्र्धन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गरेको बताउनुभयो ।

प्रदेश नं २ मा उद्योग स्थापना र लगानी गर्न चाहने उद्योगीलाई प्रदेश सरकारले २० वर्षसम्म कुनै कर नलिने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी मन्त्री रायले गराउनुभयो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव जगदीशप्रसाद गुप्ता, जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ललितकुमार साह , पूर्व अध्यक्ष प्रकाशचन्द्र साह र उक्त कार्यालय प्रमुख सञ्जीवकुमार दुबैले मेलाको विविध पक्षबारे चर्चा गर्नुभएको थियो । जनकपुर उद्योग वाणिज्य सङ्घ परिसरमा आयोजित एक दिने सो मेलामा स्थानीयस्तरमा उत्पादित घरेलु सामग्रीका ४० कक्ष छ ।