पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पुष्पलाल राष्ट्रिय पुरस्कार भट्टराई, वाग्ले र विमललाई

काठमाडौं । सरकारले २०७५ सालको ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ बाट विभिन्न क्षेत्रका तीन स्रष्टालाई पुरस्कृत गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार, राजनीतिक र सैद्धान्तिक विधामा ओखलढुङ्गाका लोककृष्ण भट्टराई, इतिहासमा झापाका नारद वाग्ले र साहित्य, संस्कृति तथा विज्ञानमा धनुषाका राजेन्द्र विमललाई पुरस्कृत गरिने भएको छ ।

पुरस्कारको राशि प्रतिव्यक्ति जनही एक लाख र सम्मानपत्र रहेको छ ।

पुरस्कार छनौट समितिको सिफारिशमा पुरस्कार प्रदान गर्ने निर्णय भएको मन्त्रालयका सह–प्रवक्ता प्रकाश शर्मा ढकालले जानकारी दिनुभयो ।

नेपालको राजनीतिक आन्दोलनका अगुवा पुष्पलालको स्मरणमा सरकारले पुरस्कार स्थापना गरेको हो ।