पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रतिनिधिसभा बैठकमा लोकसेवाले खोलेको विज्ञापन र गुठी विधेयकबारे सरकारको ध्यानार्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले लोक सेवा आयोगले खोलेको विज्ञापनले उत्पन्न गरेको विवादका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 
बैठकको विशेष समयमा बोल्ने अधिकांश सांसदहरुले समानुपातिक समावेशी सिद्धान्तको आधारमा विज्ञापन सच्याएर पुनः प्रकाशन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।  
सांसद अञ्जना विशंखेले लोक सेवा आयोगको विज्ञापनको विषयलाई लिएर शुरु भएको विवादले कसैको पनि हित नगर्ने भन्दै समानुपातिक समावेशी सिद्धान्त विपरित सरकार र लोकसेवा आयोग जान नसक्ने बताउनुभयो । 
सांसद मीनबहादुर विश्वकर्माले लोक सेवा आयोगको विज्ञापन सच्याएर पुनः प्रकासन गर्न ध्यानाकर्षण गराउदै करार मार्फत कर्मचारी भर्ना गर्ने भनेर आएको विषयको विरोध गर्नुभयो ।
सांसद प्रमोद साहले लोक सेवा आयोगले खोलेको विज्ञापन रद्ध गरी समानुपातिक समावेशी सिद्धान्तका आधारमा पुनः विज्ञापन गर्न माग गर्नुभयो ।
बैठकमा सांसद प्रेम सुवालले इलाममा खानेपानीको हाहाकार रहेको, उपत्यकामा टिपरको आतंक रहेको र गुठी विधेयक गुठियारहरुको भावना पिरित आएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।  
सांसदहरु झपट रावल र लक्ष्मी चौधरीले कैलाली र कञ्चनपुरमा हावाहुरीले पु¥याएको क्षतिमा सरकारले राहत दिँदा भेदभाव गरेको आरोप लगाउनुभयो । 
सांसद महेश बस्नेतले गुठी संस्थान विधेयक गुठीका जग्गाहरुमा रहेका विकृति अन्त्य गर्न ल्याएको भन्दै छलफल र बहसबाट समस्या समाधान गर्न गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रतिनिधि सभाको आजको बैठक शुरु हुनेवित्तिकै सभामुखसँग समय लिएर नेपाली कांग्रेसका सांसद प्रकासमान सिंहले गुठी सम्बन्धी विधेयकलाई फिर्ता लिई सरोकार निकायसित छलफल गरी परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सिंहले गुठिलाई प्राधिकरण मार्फत सञ्चालन गर्न खोज्नु आपत्तिजनक भएको विचार व्यक्त गर्नुभयो ।
राजपा, नेपालका सांसद अनिलकुमार झाले लोक सेवा आयोगले हालै प्रकाशित गरेको कर्मचारी भर्ना सम्बन्धी विज्ञापनको विरोध गर्दै विज्ञापनलाई समावेशी र समानुपातिक बनाउन माग गर्नुभयोे ।
बैठकमा सभामुख कृष्णबहादुर महराले सांसदहरुले शून्य समय, विशेष समय र समय माग गरेर सदनमा बोलेका विषयहरु महत्वपूर्ण रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 
तुलसी सापकोटा, रेडियो नेपाल