पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रधानमन्त्री लण्डनबाट रेल चढेर आज पेरिस जानुहुँदै

  • नरेश फुयाँल

लण्डन, जेठ २९ । संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतका विभिन्न कार्यक्रमहरुमा सहभागी भएर आज दिउँसो मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणमा जाँदै हुुनुहुन्छ ।

प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो लण्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिस पुग्नुहुने कार्यक्रम रहेको हाम्रा विशेष प्रतिनिधि नरेश फुयाँलले जनाएका छन् ।

प्रम ओलीसँग संयुक्त अधिराज्यका एशिया प्रशान्त मामिला हेर्ने राज्यमन्त्री मार्ट फिल्डले  आज शिष्टाचार भेटवार्ता गर्दै गर्नुहुनेछ । यसैगरी, प्रधानमन्त्री ओलीसँग बेलायतको इन्टरनेशनल मेरिटाईम अर्गनाइजेशनका महासचिव, विश्व उर्जा परिषदका वरिष्ठ अधिकारीहरु, एडिन बर्ग रोयल बोटानिकल गार्डेन र वनस्पति विभागका प्रमुहरुले आजै दिउँसो शिष्टाचार भेट गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री ओली आफ्नो स्वागतमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत दुर्गाबहादुर सुबेदीले दूताबासमा आयोजना गर्नुहुने समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।