पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रेसलाई अंकुश लगाउन हुँदैनः नेता रावल

सीपी लोहिया, बैतडी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता भीम रावलले प्रेसलाई अंकुस लगाउन नहुने बताउनुभएको छ । 

बैतडीमा आज पत्रकारहरुसँगको कुराकानीमा नेता रावलले प्रेसलाई अंकुश लगाउने कुरा कल्पना पनि गर्न नसकिने भन्दै प्रेसलाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्ने बताउनुभयो । 

उहाँले निर्वाचनका बेला गरेका प्रतिबद्धतालाई बिर्सन नहुने भन्दै पछिल्लो समय सरकार र जनताबीच तिक्तता बढेको धारणा राख्नुभयो ।