पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शौचालयको छाना भत्किँदा ४ विद्यार्थीको मृत्यु

दार्चुला । दार्चुला नौगाड गाउँपालिका ४ सिप्टीमा शौचालयको छाना भत्किँदा ४ जना विद्यार्थीको मृत्यु भएको छ ।

स्थानीय गणेश विनायक माध्यामिक विद्यालयको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत ४ जना बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी दिपेन्द्र शाहीले  जानकारी दिनुभयो ।