पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

समृद्धिका लागि विधि आवश्यकः नेता थापा

टेकराज भण्डारी, अछाम । नेपाली काँग्रेसका युवा नेता गगन थापाले देश समृद्धिका लागि विधिसम्मत रुपमा अघि बढ्नुपर्ने बताउनुभएको छ । 

अछामको कमलबजारमा नेपाली काँग्रेसले गरेको आमसभामा नेता थापाले अहिलेको सरकारले सुशाशन कायम गर्न नसकेको आरोप लगाउनु भयो । 

दुई तिहाइ मतका साथ सरकार चलाएको तर जनमत अनुसार जनताको मन जित्ने काम गर्न नसकेको आरोप लगाउंदै नेता थापाले विधि, प्रक्रिया र पद्धति अनुसार सबै अगाडी बढे मात्र देश समृद्धि तिर जाने बताउनुभयो ।