पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विशालु च्याउ खाँदा दुई जनाको मृत्यु 

शिशिर सिंखडा, चितवन । विषालु च्याउ खाँदा पाल्पाको निस्दी गाउँपालिका वडा नं ३ कार्कीडाँडाका २ जनाको मृत्यु भएको छ भने ९ जना बिरामी परेका छन् ।

जंगलबाट ल्याएको विषालु च्याउ खाँदा कार्की डाँडाका ४ वर्षीय बालक विष्णु सिंह ठकुरी र ९ वर्षीय बालिका निर्मला ठकुरीको उपचारका क्रममा चितवन स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । 

विषालु च्याउ खादा गम्भीर बिरामी भएका ९ जनालाई थप उपचारका लागि काठमाडौँ स्थित वीर अस्पतालमा ल्याइएको छ ।