पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेल सेवा सम्झौता ५ वर्षका लागि नवीकरण

काठमाडौं । नेपाल–भारतबीचको रेल सेवा सम्झौता ५ वर्षका लागि नवीकरण भएको छ । भारतमा जेठ २३ र २४ गते भएको दुई दशेबीचको वार्तामा भारतसँग रेल सेवाबारे दर्जनभन्दा बढी सहमति भएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल नेतृत्वको ११ सदस्यीय टोली वार्ताका लागि भारत गएको थियो  । 

भारतबाट टोली फर्किएपछि सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाली रेललाई कोलकात्ता र हल्दियादेखि वीरगञ्ज, विराटनगरसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारतले सैद्दान्तिक सहमति जनाएको बताउनु भयो । 

अब नेपालकै रेल कोलकत्तासम्म जान बाटो खुलेको छ । भारतले नेपाललाई पहुँच दिन लागेका नयाँ धामरा र मुन्द्रा पोर्टसम्मको रेल सेवालाई पनि सम्झौतामा समेट्ने विषयमा सहमति भएको छ । 

त्यस्तै रक्सौलको सुख्खा बन्दरगहासम्म विद्युतीय रेल्वे लाइन विस्तारमा पनि भारत सहमत भएको  छ ।

विराटनगर र भैरहवा नाकाबाट समेत बल्क कार्गो ढुवानी गर्न पाउने गरी रेल सेवामा आवश्यक संशोधन गर्ने र विरानटनर–जोगबनी, भैरहवा–नौतनुवा, कुर्ता–जयनगर रुटमा रेल सेवा सुरु भएपछि कार्गो ढुवानी गर्न दिन पनि भारत सहमत भएको छ ।

भारतीय रेलबाट लाइसेन्स पाएका अन्य रेल सेवा सञ्चालकसँग पनि नेपालले कार्गो ल्याउन सक्ने गरी व्यवस्था गर्नेबारे छलफल अघि बढाउने सहमति पनि भएको  पत्रकार सम्मेलनमा सहसचिव ढकालले जानकारी दिनु भयो । 

सन् २०१२ मा बसेको नेपाल(भारत अन्तर सरकारी समिति (आईजीसी) को बैठकमा विराटनगर र भैरहवा (नौतन्वा) नाकासम्म पनि बल्क कार्गो सुविधा विस्तार गर्ने सहमति भएको थियो ।