पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘खेलकुद क्षेत्रलाई पर्याप्त रकम छुट्याउन सकिएनँ’

चितवन । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बजेटमा खेलकुद क्षेत्रलाई पर्याप्त रकम छुट्याउन नसकिएको बताउनुभएको छ ।

भरतपुरमा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले मन्त्रालयले १५ अर्ब बजेट माग गरेको भए पनि ३ अर्ब ९९ करोड रुपैँया मात्र पाएको बताउनुभएको हाम्रा चितवन समाचारदाता शिशिर सिंखडाले जनाएका छन् ।

मन्त्री विश्वकर्माले खेल क्षेत्रले समृद्धि प्राप्त नगरेसम्म समृद्ध नेपाल बन्न नसक्ने र यसका लागि सरकार सातै प्रदेशमा सुविधा सम्पन्न रंगशाला निर्माणको काममा लागेको बताउनुुभयो ।