पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

१० मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनको तयारी

झापा । झापामा १० मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनको तयारी गरिएको छ ।

झापाका उद्योगी–व्यवसायीले काठमाडौंका उद्योगी–व्यवसायी एवम् प्रवासी नेपालीहरु समेतको लगानीमा झापाको शिवसताक्षी नगरपालिकामा आयोजना सञ्चालन गर्ने गरी तयारी थालेका हुन् ।

आठ महिनाअघि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको झापा इनर्जी कम्पनी लिमिटेडले झण्डै ९० करोड लगानीमा सौय उर्जा उत्पादन गर्नेछ । 

झापामा भविष्यमा आउनसक्ने उर्जा संकट समाधानको विकल्पको रुपमा यो परियोजना ल्याइएको कम्पनीका अध्यक्ष लालप्रसाद साँवाले बताउनु भयो । 

यो परियोजनामा एउटा कोरियन कम्पनीको पनि लगानी रहने उहाँले जानकारी दिनुभयो । २६ जना संस्थापकसहित २४० जना शेयर सदस्य कम्पनीमा आबद्ध भइसकेका छन् ।