पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मुटुरोगीलाई सहयोग

रघुगङ्गा गाउँपालिका–३ कलेजाबाङका एक मुटु रोगीलाई करिब डेढ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । गत जेठ १३ गते हृदयघात हुँदा मुटुको भल्ब फुटेर रगत जमेपछि मणिपाल शिक्षण अस्पतालमा १८ दिन सघन उपचार कक्षमा राखेर उपचार गरिएका ६४ वर्षीय धनबहादुर सार्कीलाई शल्यक्रिया गरी भल्ब फेर्न सहयोग प्राप्त भएको हो ।

स्वदेश तथा विदेशमा रहेका दाताहरुबाट सहयोग जुटाएर सार्कीका परिवारलाई हस्तान्तरण गरिएको अगुवा इश्वर भण्डारीले बताउनुभयो । कमजोर आर्थिक अवस्थाका सार्की परिवारले सहयोगको अपिल गरेका छन् । उहाँको उपचारका लागि अस्पताल र सामाजिक विकास मन्त्रालयले एक÷एक लाख रुपैयाँ छुट दिएका छन् । अहिलेसम्म उहाँको उपचारमा करिब सात लाख रुपैयाँ खर्च भैसकेको श्रीमती जुनाले बताउनुभयो ।

मराङको ठूलोखोलामा झोलुङ्गे पुल निर्माण म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको ठूलोखोलामा झोलुङ्गे पुल निर्माण हुँदा मराङ, मल्कवाङ र कुइनेका २६४ घरधुरीका वासिन्दा लाभान्वित भएका छन् । गाउँपालिका र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (टिबीएसयु)को तीस लाख ५२ हजार २३१ रुपैयाँको लागतमा ५६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले पुलको उद्घाटन गर्दै भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका बस्तिका बासिन्दाको सहज आवतजावतका लागि झोलुङ्गे पुल निर्माणमा प्राथमिकता दिएको बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर पुनका अनुसार पुलको १.६ मिटर चौडाई र २२.४ टन मेट्रिक्टन भारवहन क्षमता रहेको छ । पुल निर्माणका लागि २०७५ फागुन २६ गते सम्झौता भएको थियो ।

२०७६ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य भएपनि उपभोक्ता समिति र स्थानीयबासीको सक्रियताका कारण डेढ महिना अघिनै सम्पन्न भएको वडाध्यक्ष राजाराम सुवेदीले बताउनुभयो ।