पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश २ को नीति तथा कार्यक्रममाथि छलफल शुरु

अजय कुमार झा, जनकपुरधाम । प्रदेश नंं २ सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रम माथि प्रदेश सभाको बैठकमा आज देखि छलफल शुरु भएको छ । 

प्रदेश सभाको बैठकमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रम माथि छलफल गरियोस् भन्ने प्रस्ताव राखेपछि छलफल शुरु भएको छ । 

प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रतिपक्षी तथा सत्तारुढ दलका गरेर १६ जनाले संशोधन प्रस्ताव दर्ता गर्नुभएको थियो ।