पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विवाहपञ्चमी महोत्सव आज देखि शुरु

जनकपुरधाम  । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव आज देखि शुरु भएको छ । महोत्सव अन्तर्गत आज नगर दर्शन सम्पन्न भएको छ ।

जनकपुरको जानकी मन्दिरबाट माता सीता तथा राम मन्दिरबाट भगवान रामको डोला, बाजागाजासहित साधुसन्त, महन्त तथा भक्तजनहरुले नगरको विभिन्न भागको परिक्रमा गरेका थिए ।