पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पशुपतिमा बाला चतुर्दशीको तयारी पूरा

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा यस वर्षको बाला चतुर्दशीका लागि सबै तयारी पूरा भएको छ ।

कात्तिक ३० गते बिहीबार साँझ दिवंगत पितृको सम्झनामा आफन्तजनबाट रातभर दीपप्रज्वलन गरी भोलिपल्ट मंसिर १ गते शुक्रबारका दिन सत्विजारोपण व्यवस्थित रुपमा गर्न तयारी पूरा गरिएको हो ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृको स्मरणमा बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्ने परम्परा छ ।