पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्थायित्वका लागि काँग्रेसको विजय अपरिहार्यः नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको जिम्मेवारीको नेतृत्व काँग्रेसले मात्र गर्नसक्ने बताउनुभएको छ । 

आज काठमाडौँको शंखमूलमा आयोजित कार्यक्रममा नेता सिंहले राणा शासन, पञ्चायत व्यवस्थाको अन्त्य, १० वर्षे सशस्त्र द्वन्द्वको अन्त्य र शाही शासनविरुद्धको आन्दोलनमा काँग्रेसले नै नेतृत्व गरेको उल्लेख गर्नुभयो ।