पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्वस्थ प्रतिस्पर्धाले पद्धति बलियो हुन्छः गच्छदार

विराटनगर । उपप्रधान एवं नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई  स्वस्थ्य प्रतिस्पर्धाको रुपमा दलहरुले लिनसकेमा मात्र प्रजातान्त्रिक पद्धति बलियो र दिगो हुने बताउनुभएको छ । 

नेपाल प्रेश युनियन मोरङद्धारा विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री गच्छदारले, लोकतान्त्रिक शक्ति र वामपन्थी शक्तिबीचको ध्रुवीकरणले मुलुकमा राजनीतिक जटिलता थपिएको बताउनुभयो । 

उपप्रधानमन्त्री गच्छदारले मुलुक संघीयतामा गइसकेको र केन्द्रको अधिकार गाउँपालिका र नगरपालिमा पुगिसकेकाले कार्यकारी राष्ट्रपति प्रणालीको औचित्य नभएको बताउनुभयो ।