पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वाम गठबन्धनले जिते लोकतन्त्र हार्नेः सभापति देउवा

नेपालगन्ज । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले निर्वाचनमा जिते लोकतन्त्र हार्ने बताउनुभएको छ । 

नेपाली काँग्रेस, बाँकेद्वारा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेटघाटमा उहाँले काँग्रेसले सधँै तानाशाहीलाई परास्त गरेको र यो निर्वाचनमा पनि आफ्नो पार्टी विजयी हुने निश्चित रहेको बताउनुभयो । 

सभापति देउवाले पार्टीको आन्तरिक सबैखाले तीक्ततालाई बिर्सेर निर्वाचनमा एकजुट भई जनताको समर्थनमा वाम गठबन्धनलाई परास्त गर्न एकजुट भई लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।