पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रपति भण्डारी तथा युवराज अल नेह्यानबीच वार्ता

अबुधाबी । राष्ट्रपति विद्यादेवी भण्डारी र संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज एंव युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानबीच आज ‘क्राउन प्रिन्स कोर्ट’मा औपचारिक वार्ता सम्पन्न भयो । 

भेटमा दुई मुलुक बीचका आपसी हितका समग्र  विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिनुभयो । नेपालको पूर्वधार, पर्यटन, कृषि, जलस्रोतको विकास र सोका लागि लगानी भित्र्याउने विषयमा छलफल भएको पनि उहाँले बताउनुभयो । 

छलफलमा राष्ट्रपति भण्डारीले नेपाली श्रमिकले आफ्नो रोजगारीबाट आफ्नो परिवारका साथै समाजलाई पनि फाइदा पुर्याएको उल्लेख गर्दै पूर्वाधार तथा पर्यटन प्रवद्र्धनका क्षेत्रमा २ मुलुकबीच स्थापित संयन्त्रलाई अझ थप सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो ।

युवराज अल नेह्यानले नेपाली श्रमिक इमान्दार र कर्तव्यनिष्ट भएको भनि प्रशंसा गर्नुभयो । 

राष्ट्रपति भण्डारी क्राउन प्रिन्स कोर्टमा पुग्नुहुँदा उहाँलाई युवराज अल नेह्यानले स्वागत गर्नुभएको थियो ।