पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सन्देश वाहकको रुपमा काम गर्न दृष्टिविहीनलाई आयोगको आग्रह 

काभ्रे । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनका लागि आयोगको सन्देश बाहकको रुपमा काम गर्न दृष्टिविहीन नागरिकलाई आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगले आज काभ्रेको धुलिखेलमा  गरेको ‘दृष्टिविहीन नागरिकका लागि मतदाता शिक्षासम्बन्धी प्रशिक्षण कार्यक्रममा प्रमुख आयुक्त डा. यादवले मतदानमा प्रविधिको प्रयोग गर्ने भनेकोमा समयको चापका करण दृष्टिविहीन नागरिकको मागअनुसारको प्रविधिको प्रयोग गर्न नसकिएको बताउनुभयो ।

प्रमुख आयुक्त डा. यादवले शिक्षकको भूमिकामा रहनुभएका दृष्टिविहीनहरूले दल विशेष र उम्मेदवारको पक्षमा नलागी स्वतन्त्र रुपमा मतसंकेत गर्न सिकाउन सुझाव दिनुभयो । 

नेत्रहीन सघका अध्यक्ष रमेश पोखरेलले मतदानमा दृष्टिविहीनताको गोपनीयताको अधिकार सुनिश्चित गर्न माग गर्नुभयो ।

प्रशिक्षणमा ६९ जिल्लाका ८० जनाको सहभागिता रहेको छ । सहभागीहरुलाई मतदान, मतदानको अधिकार, मतदानको प्रक्रिया र सही रूपमा मतदान गर्ने तरिकाबारे प्रशिक्षण दिइएको छ ।