पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

नेपालगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । 

नेपालगन्जमा आज क्षेत्रीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउबाले पछिल्लो समय देशका विभिन्न ठाउँमा उम्मेदवारहरुमाथि भइरहेका आक्रमणप्रति गम्भीर चासो व्यक्त गर्दै त्यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकायलाई निर्देशन दिनुभयो । 

निर्वाचन सुरक्षा रणनीति कार्यान्वयन नभएकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले जबरजस्ती चन्दा असुली गर्ने, डर, धाक, धम्की दिएर निर्वाचनलाई प्रभाव पार्ने खालका अवाञ्छित कार्यप्रति सजक रहन सुरक्षा निकायलाई निर्देशन दिनुभयो । 

निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित, भयरहित र स्वतन्त्र रुपमा सम्पन्न गर्नका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाई थियो । 

गोष्ठीमा गृहसचिव मोहनकृष्ण सापकोटाले केन्द्रमा बनेको सुरक्षा रणनीति कार्यान्वयनतर्फ ध्यान ध्यान दिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनुभयो ।