पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

फिलिपिन्ससँग नेपाल बराबरी, कप्ता गुरुङद्वारा अन्तराष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं । एसिया कप फुटबलको छनौटमा नेपालले आफ्नो पाचौँ खेलमा फिलिपिन्ससँग बराबरी खेलेको छ । दुबै टिमले गोलका राम्रा अवसर पाए पनि गोल भने हुन सकेन । 

नेपाली टोलीका कप्तान अनिल गुरुङले मंगलबारको खेलपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । १० वर्षअघि राष्ट्रिय टोलीमा डेब्यु गरेका अनिलले अन्तराष्ट्रिय खेलमा ९ गोल गरेका छन् । मंगलबारको खेल अनिलको ५० औँ अन्तराष्ट्रिय खेल हो । 

भारतको सिक्किम लाजोङ क्लबमा ६३ लाख रुपैयाँमा अनुबन्ध भएका उनी सबैभन्दा महँगो मूल्यमा विदेशी क्लबमा अनुबन्ध हुने नेपाली खेलाडी पनि हुन् ।

यसअघि गएको चैतमा भएको खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ ले पराजित भएको थियो । छनौट चरणमा एक खेल पनि जित्न नसकेको नेपाल छनौट चरणबाट बाहिरिइसकेको छ । 

नेपालको १ अंक मात्र छ । फिलिपिन्स ९ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ । त्यसैगरी ६ अंक नै जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ ।