पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पर्वतमा मोरिंगाको खेती शुरु

 

फलेवास, पर्वत । अपहेलित बालीका रुपमा चिनिने मोरिंगा (शीतल चिनी) गत वर्षदेखि जिल्लामा लगाउन शुरु गरिएको छ । फलेवास नगरपालिका–४ मुडिकुवा र वडा नं ५ देवीस्थान लगायतका ठाउँमा मोरिंगा लगाउन थालिएको हो । मोरिङ्गाबाट खाद्य पदार्थ, औषधिसमेत बनाउन सकिन्छ । तराईतिर सोहिजन, सैजन, सजिउन, मुनका आदि नामले चिनिने उक्त बाली यस क्षेत्रमा शीतल चिनीको नामले प्रख्यात छ । 

मोरिंगाको कलिलो कोसा बिक्री भएको पाइएता पनि यसको अन्य भागको उपयोगिताबारे उपभोक्ता अनभिज्ञ छन् । मोरिंगाको फल मानिस, पशु र बालीका लागि पोषणयुक्त मानिन्छ । रोग किरा खासै नलाग्ने हुँदा व्यावसायिक उत्पादनको धेरै सम्भावना रहेकाले यसको खेती शुरु गरिएको पर्वत सामुदायिक खाद्य प्रशोधन उद्योगका सञ्चालक थानेश्वर भुसालले बताउनुभयो । 

पर्वतमा मोरिंगाको करिब ५०० बोट रहेका छन् । ती बोटबाट आम्दानी हुन थालेको भुसालले बताउनुभयो । सो बालीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । जिल्लाको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, विहादी गाउँपालिका र पैंयु गाउँपालिकामा यसको खेती गर्ने प्रयास भइरहेको छ । यसको जरालाई कम पानी भए पनि पुग्छ । थोरै पानी पर्ने ठाउँमा यसलाई लगाउन सकिने भसालको भनाइ छ । 

अहिले हरियो कोसा प्रतिकिलो रु ४०० तथा पातको धुलो प्रतिकिलो रु ५०० मा बिक्री हुँदै आएको छ । यसको सघन रुपमा खेती गरिएको अवस्थामा प्रतिबिगाहा १२ टनदेखि १५ टन कोसा उत्पादन लिन सकिने बताइएको छ ।