पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेकपा एमालेद्वारा आक्रमणको निन्दा

प्रमोद दाहाल/रेडियो नेपाल
नेकपा एमालेले भोजपुर–१ का प्रदेशसभाका उम्मेदवार शेरधन राईलाई लक्षित गरी आज विहान भएको बम प्रहारको निन्दा गर्दै संवेदनशील क्षेत्रका उम्मेदवारहरुलाई सुरक्षा प्रदान गर्न सरकारसँग माग गरेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले आज एक वक्तव्य जारी गरी राईमाथिको आक्रमणलाई एमालेमाथिको आक्रमणको रुपमा लिएको र सो घटनाप्रति पार्टी गम्भीर भएको बताउनुभएको छ । 
अध्यक्ष ओलीले घटनामा सँलग्न जोसुकै भए पनि उनीहरुको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँडने र मुलुकमा भाँडभैलो मच्चाईरहने भन्ने स्पष्ट भएको वक्तव्यमा उल्लेख गर्नुभएको छ ।
अध्यक्ष ओलीले घटनाप्रति गम्भीर हुन र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारसँग माग पनि गर्नुभएको छ ।