पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेडियो नेपालमा ख्यातीप्राप्त लोक कलाकारहरूको जमघट

  १४ जेठ । गणतन्त्र दिवसमा २०७४ का अवसरमा रेडियो नेपाल र गृह मन्त्रालयको संयुक्त  आयोजनामा  आज रेडियो नेपाल प्राङ्णमा लोकगीत सम्मेलन गरियो । सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष महेन्द्र मान गरुङले रेडियो नेपाल जनता प्रति जिम्मेवार हुँदै समाचर मात्र नभई कला संगीत र साहित्यमा पनि जोड दिनु पर्ने बताउनु भएको छ ।रेडियो नेपाल र गृहमन्त्रालयले गणतन्त्र दिवसका अवसरमा रेडियो नेपालको प्राङ्णामा आयोजना गरेको लोकगीत सम्मलेलनमा समितिका अध्यक्ष गरुङले रेडियो नेपाल आधुनिककरण हुँदै जनताप्रति फरक पहिचान बनाउन सफल रहेकोमा खुशी ब्यक्त गर्दै गणतन्त्र ल्याउन लोक संगीतको ठूलो भूमिका रहेको बताउनु भयो । 

 रेडियो नेपालका नायव कार्यकारी निर्देशक श्रीभद्र वाग्लेले स्वागत मन्तव्य दिँदै नेपालका विभिन्न भूभागमा रहेका कला र सस्कृतिलाई रेडियो नेपालले उच्च स्थान दिएको बताउनुभयो । 
सम्मेलन शुभारभ्भ सत्रमा आमन्त्रित अतिथिहरूमा धन्यवाद ज्ञापन गर्दै रेडियो नेपालका नायव कार्यकारी निर्देशक अशोक बास्कोटाले रेडियो नेपालले समय अनुसार आफुलाई परिवर्तन गर्दै लोक साहित्यको जर्गेना गर्ने कार्यमा लागेको जानकारी गराउनु भयो ।  सम्मेलनमा कार्यक्रम महाशाखाका प्रमुख डा. नवराज लम्सालले राष्ट्रलाई एक शूत्रमा गाँस्ने काम लोक गीत र संगीतले गर्ने भएकाले लोक गीत सस्कृतिको आधार भएको बताउनु भयो ।
सम्मेलमा नेपालका ख्यातीप्राप्त लोक कलाकारहरू एल.पी. जोशी, मीरा राणा, कुमार बस्नेत, ज्ञानु राणा, जे. बी. टुहुरे, रचना जि.सी.,तीर्थ कुमारी, जीवन शर्मा, लोचन भट्टर्राई, जयनन्द लामा, कविता आले, क्षेत्र गुरुङ, तारा थापा, सूर्य थुलुङ्, बिमाकुमारी दुरा, पशुपति शर्मा,  पवित्रा घर्ती, धीरेन्द्र प्रेमर्षी, चन्द्रकला शाह, खड्ग गर्बुजा र हरिशंकर चौधरी आदिले गायन गला सुनाउनु भएको थियो । 

   सम्मेलनको समापन गर्दे रेडियो नेपालका कार्यकारी निर्देशक शुरेश कुमार कार्कीले रेडियो नेपाल गित संगितको बिकाशमा प्रतिबद्ध रहेको बताउनु भयो । उहांले रेडियो नेपालले चांडै आधुनिक स्टुडियो मार्फत गित रेकडिङ्ग गर्ने व्यवस्थ्ा मिलाउने बताउनु भयो । 

 

_____________________________

 अजय बम, रेडियो नेपाल