पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

संविधानको कार्यन्वयन हुन नदिन षड्यन्त्र हुदैँ : मन्त्री जितेन्द्र नारायण देव

संजीव बिक्रम शाह/रेडियो नेपाल 
सप्तरी २६ कार्तिक । नागरिक उड्यन तथा पर्यटन मन्त्री जितेन्द्र नारायण देवले जारी भएको संविधानको कार्यन्वयन हुन नदिन षड्यन्त्र भईरहेको बताउनु भएको छ । आज नेपाल ट्रेड यूनियन काँग्रेस सप्तरीले आयोजना गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ट्रेड युनियनको भुमिका सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री देवले  बाम गठबन्धनका नेताहरुले चीनको ईशारामा चलिरहेको आरोप लगाउदै  जारी भएको संविधानलाई पनि समाप्त  गरी सत्ता कब्जा गर्न चलखेल गरीरहेको बताउनुभयो । जारी भएको  संविधानमा केही कमी कमजोरी रहेकाले अगामी दिनमा  नेपाली काँग्रेसले संशोधन गरेर सुधार गर्न तयार रहेको बताउनु भयो ।