पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सम्वृद्धिको लागि शिक्षामा लगानी जरुरीः प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउबाले मुलुकको सम्बृद्धिको लागि शिक्षामा लगानी जरुरी भएको बताउनुभएको छ ।

ललितपुरमा सञ्चालित युलेन्स स्कुलको वार्षिकोत्सव एवं नवनिर्मित भवनको आज उदघाटन गर्दै प्रधानमन्त्री देउवाले  शिक्षामा गरिएको लगानीबाटै सुशासन कायम गर्दै मुलुकले आर्थिक सम्वृद्धिको लक्ष्य हासिल गर्न सक्ने बताउनुभयो ।

उहाँले गुणस्तरीय शिक्षा आजको आवश्यकता बताउनुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले शिक्षाविद् प्रा. डा. सुरेशराज शर्मालाई गुणस्तरीय शिक्षाको विकासमा पुर्याउनुभएको योगदान बापत सम्मान गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले गुणस्तरीय शिक्षाका लागि सरोकारवाला सबैको ध्यान जान जरुरी भएको बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पुर्व सांसद डा. आरजु राणाले गुणस्तरीय शिक्षा मार्फत सक्षम जनशक्ति उत्पादनमा युलेन्स स्कुलले योगदान दिएको बताउनुभयो ।