पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आयोजनाबारे बुझ्न आइओसीको टोली सिमरामा

बारा । रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आयोजनाको प्रगति बुझ्न भारतीय आयल कर्पोरेशन आइओसीको टोली शुक्रबार सिमरा आईपुगेको छ ।

आयोजना प्रमुख प्रदीप यादवका अनुसार आईओसीको टोलीले शुक्रबारै नेपाल आयल निगमको अमलेखगंजस्थित डिपोको स्थलगत अनुमगन र अध्ययन गरेको छ । 

पाइपलाइन विस्तारमा भइरहेको प्रगति, भौगोलिक अवस्था र निर्माण प्रक्रियाबारे बुझ्न आइओसीको ३ सदस्यीय टोली बिहीबार नेपाल आएको थियो । 

४ अर्ब ४० करोड रूपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३ अर्ब २० करोड भारत सरकारले लगानी गर्नेछ भने बाँकी १ अर्ब २० करोड रूपैयाँ नेपालले लगानी गर्ने छ । 

निगमका अनुसार पाइपलाइन बिछ्याउन आइओसीले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको छ भने पाइपका लागि टेण्डर आव्हान गरेर कम्पनी समेत छनोट भइसकेको छ । 

आयोजना निर्माणपछि प्रतिघण्टा २ लाख लिटर इन्धन अमलेखगञ्जको डिपोमा ल्याउने निगमको लक्ष्य छ । 

यसअघि, रक्सौल–अमलेखगञ्जसम्म ४१ किलोमिटर तय गरिएको पाइपलाइन निर्माण क्षेत्र अहिले भने बिहारको मोतिहारीदेखि अमलेखगञ्जसम्मको ६८ दशमलव ९६ किलोमिटर निर्माण क्षेत्र तोकिएको छ ।