पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जनकपुरधाम : हतियार र गोली सहित दुई जना पक्राउँ

radionepal

अजय कुमार झा/रेडियो नेपाल
जनकपुरधाम, कार्तिक २४ । संघ र प्रदेशको चुनावलाई लिएर धनुषाको सुरक्षा व्यवस्था निक्कै कडा बनाईएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध नियन्त्रण टोलीले संकाको आधारमा सवारी साधनको चेक जाँच गर्दा दुई जनालाई कटुवा पिस्तौल र ३ राउण्ड गोली सहित पक्राउँ गरेर आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
क्राईम ब्रान्चको टोलीले विषेश सुराकीको आधारमा  धनुषा जिल्लाको सवैला नगरपालिका वडा नंं ४ का वर्ष २० का अनिल पासवान र सोही नपा वडा नंं ८ का वर्ष ५७ को सकुर मियालाई पक्राउँ गरेको जिल्ला प्रहरस् कार्यालय धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जनाएका छन् ।
उनीहरुको साथवाट पक्राउँ पर्ने अन्य सामानहरुमा दुई थान मोवाईल तथा ज ८ प ५०९६ नम्बरको डिस्कौभर मोटरसाईकल पनि बरामद गरेको पत्रकार सम्मेलन मार्फत प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जना माथि हातहतियार तथा खरखजाना मुद्दा चलाईएको छ । यसै गरि १० किलोग्राम गाँजा सहित २ जनालाई प्रहरीले पक्राउँ गरेर सोही पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
धनुषा जिल्लाको सवैला नगरपालिकाको वडा नंं १३ ढोल बजारमा ठूलो मात्रामा लागु पदार्थ गाँजा लुकाई छिपाई विक्रि गरेको सूचनाको आधारमा छापा मार्दा प्लाष्टिकले वेरिएको तीन वटा वण्डलमा राखेका १० किलो गाजा सहित दुई जनालाई पत्रलाउँ गरेको प्रहरीले जनाएको छ ।
पक्राउँ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नंं ३ का वर्ष ५० की कलसीया देवी महरा तथा सोही वडाका वर्ष ४३ का रामअवतार महरा रहेका छन् । कलसीया देवी महरा गत स्थानीय तहको चुनावमा गणेशमानसिंह चारनाथ नगरपालिकामा फोरम लोकतान्त्रिकवाट मेयर पदका उम्मेदवार रहेका थिए ।
उनीहरुको साथवाट पनि दुई थान मोवाईल तथा सिम बरामद गरेको छ । दुवै जना माथि जिल्ला अदालत धनुषामा लागु औषध मा मुद्दा चलाई थुनामा राखेर थप अनुसन्धान गर्ने कामकाज भैरहेको प्रहरी उपरीक्षक सिंहले बताउनु भयो । यसै गरि धनुषा जिल्लाको भारतसंग सीमाना जोडिएका ठाउँहरुमा सुरक्षा जाँच बढाउनुको साथै जिल्ला भरिमा नै चकजाँच गर्ने क्रम बढाएको प्रहरीले जनाएको छ ।