पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

साल्ट ट्रेडिङ कार्यालय, धनगढीले मल विक्री गर्दै

कैलाली । हिउँदे बाली लगाउने बेला डिएपी मलको चर्को अभाव हुन थालेपछि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड अञ्चल कार्यालय, धनगढीले कैलालीसहित सुदुरपश्चिममा एसएसपी मल विक्री गरिरहेको छ ।

यसअघि प्रयोग गरिने डिएपीको माग अनुसारको आपूर्ति हुन नसकेपछि यस वर्षदेखि मलको अभाव हुन नदिन भारतको साई फर्टिलाइजर कम्पनी लिमिटेडबाट डिएपीको सट्टा एसएसपी र युरियाको सट्टा सिंगल सुपर सल्फ्रेट आयात गरिरहेको कर्पोरेसनका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले जानकारी दिनुभयो । 

उहाँले कैलालीमा १३ हजार बोरा एसएसपी मल विक्री गरिरहेको समेत बताउनुभयो ।

नेपालमा वार्षिक ७ लाख मेट्रिक टन रासायनिक मलको माग रहने गरेको भए पनि हाल वार्षिक ३ लाख मेट्रिक टन मात्रै आयात हुने गरेको छ । 

त्यसमध्ये साल्ट ट्रेडिङले वार्षिक १ लाख मेट्रिक टन रासायनिक मल अनुदान मूल्यमा विक्री गरिरहेको छ ।