पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

धार्मिक मेलामा डेढ करोडको कारोबार

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–६ मा लगाइएको ऐतिहासिक तथा धार्मिक मेलामा डेढ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

कात्तिक १७ गते शुक्रबारदेखि ठुटेवर परिसरमा लगाइएको मेलामा १५० भन्दा बढी स्टल राखिएका थिए । मेला कात्तिक २१ गते समापन भएको थियो । 

यस वर्ष स्थानीय क्षेत्रको पर्यटन, प्रवद्र्धन र अग्र्यानिक कृषि प्रणालीको विकासमा जोड दिने उद्देश्यले मेलाको आयोजना गरिएको ठुटेवर संरक्षण समितिका सचिव सोमनाथ पौडेलले बताउनुभयो ।