पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाराको ३ अर्बको माछा उत्पादन

बारा । माछापालनको पकेट क्षेत्रको रुपमा रहेको बाराको मत्स्य गाउँमा आर्थिक वर्ष ०७३–०७४ मा झण्डै ३ अर्बको माछा उत्पादन भएको छ । 

जिल्ला कृषि विकास कार्यालय बाराका अधिकृत शिवरत्न साहले बाराको मत्स्य गाउँको नाममा चर्चित सिम्रौनगढ, बोधवन, फेटा, बनौली, फत्तेपुर, लक्ष्मीपुर कोतवाली लगायतका क्षेत्रमा उक्त परिमाणको माछा उत्पादन भएको बताउनुभयो । 

बारामा हाल ३ हजार ७ सय ५५ जना किसानहरुले ४ हजार १ सय २५ वटा पोखरीमा व्यवसायिक रुपमा माछा पालन गर्दै आएका छन् । 

त्यसैगरी, बारामा १५ वटा माछा ह्याचरी फारमबाट वार्षिक रुपमा ५० देखि ७५ करोड रुपैयासम्मको माछाको भुरा उत्पादन हुने गरेको छ । 

बारामा वार्षिक रुपमा ११ हजार २ सय मेट्रिक माछापालन हुने गरेको कृषि विकास कार्यलयले जनाएको छ ।