पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिर्जनानगरमा आज एक पुरुषको शव भेटियो

 

भक्तपुर, २३ कात्तिक । भक्तपुर नगरपालिका–१० नपली सिर्जनानगरमा आज एक पुरुषको शव भेटिएको छ । नयाँ बन्दैै गएको आफ्नै चारतले घरको चौथो तलामा झुण्डिएको अवस्थामा ४७ वर्षीय राजकुमार जोशीको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक गोपाल ढकालले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान शुरु गरी शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएको उहाँले बताउनुभयो ।