पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बढी मात्रामा धुँवा निकाल्ने ४५० सवारी साधन कारबाहीमा 

काठमाडौं । काठमाडौँ उपत्यकामा बढी मात्रामा धुवाँ निकाल्ने सवारी साधनमाथि ट्राफिक प्रहरीले कारवाही थालेको छ । 

प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई सवारीमुक्त बनाएको ट्राफिकले उपत्यकाभरि धेरै मात्रामा धुवाँ फ्याँक्दै हिँडेका सवारी साधनलाई कारवाही शुरु गरेको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले असोज ३१ गतेदेखि हालसम्म ४५० वटा त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरेको जनाएको छ ।