पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सूचना , समाचार , भाषा र संस्कृतिको जगेर्ना गर्न रेडियो नेपालको भूमिका महत्वपूर्ण ।

radionepal

सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा रेडियो नेपाल सञ्चालक सातिकिा अध्यक्ष केदारबहादुर अधिकारीले रेडियो नेपालको सुधारका लागि समय सापेक्ष निम्ति र स्पष्ट कार्ययोजनासहित अघि बढन निर्देशन दिनुभयो ।
       सञ्चार मन्त्रालयमा सचिवको कार्यभार सम्हालेपछि सचिव अधिकारीले आईतबार रेडियो नेपालका उच्च अधिकृतसंग नेपालले मुलुकका भाषा र संस्कृतिको जगेर्ना गर्न महत्वपूर्ण योगदान गरेको र रेडियोबाट विभिन्न २१ भाषामा प्रसार हुने समाचार र कार्यक्रमबाट समावसशीताका लागि मद्दत पुगेको बताउनुभयो । उहाँले, रेडियो नेपालको विस्तार अब जनसंख्याको घनत्वका आधारमा हुनुपर्नेमा व्यबस्थापनको ध्यानाकर्षण गराउनुभयो ।
      छलफलमा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की र प्रशासन महाशाखाका निर्देशक बुद्धिबहादुर के.सी.ले रेडियो नेपालको विविध पक्षमा जानकारी गराउदै रेडियो नेपालको सुधार र विस्तारबारे योजना प्रस्तुत गर्नुभएको थियो । 
- तस्विर : बुलु मुकारुङ