पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘प्रज्ञापारमिता सुत्र’ नेपालीमा अनुवाद हुँदै

काठमाडौँ । भगवान् बुद्धको अत्यन्त महत्वपूर्ण वचन ‘प्रज्ञापारमिता सुत्र’ नेपालीमा अनुवाद गरिने भएको छ ।

बुद्धवचन अनुवाद समिति नेपालले सर्वसाधारण नेपाली बौद्ध धर्मावलम्बीको अध्ययन सहजताका लागि भोट भाषामा लिपिबद्ध गरिएको ‘प्रज्ञापारमिता सुत्र’ लाई नेपाली भाषामा ल्याउन लागेको हो । 

अनुवाद कार्य करिब ३ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको ‘प्रज्ञापारमिता सुत्र’ मा १ लाख २८ हजार श्लोकसहितका तर्क रहेको अनुवाद समितिका अध्यक्ष टीका शेर्पाले जानकारी दिनुभयो ।