पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आज हरिबोधनी एकादशी

काठमाडौं । तुलसीको पूजा आराधना गरी आज हरिबोधनी एकादशी पर्व मनाइएको छ । 

चार महिनाअघि हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा आज गाईको गोबर र रातो माटोले लिपेर फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ । 

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ । तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि ओषधि हुन्छ । 

आजका दिन काठमाडौँ उपत्यकाका चारनारायणहरु चाँगुनारायण, इचँगुनारायण, विशंखुनारायण तथा शेषनारायणमा विशेष मेला लागेको छ । 

आजै देशभरका नारायणस्थान र मन्दिरमा विषेश पूजा गरी यो पर्व मनाइएको छ ।