पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शीर्ष नेताहरुबीच निर्वाचनका विषयमा छलफल

प्रधानमन्त्री सहित प्रमुख ३ दलका शीर्ष नेताहरुबीच राष्ट्रिय सभा बिधेयक एबं घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने लगायतका  समसामयिक बिषयमा छलफल भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको शीर्ष नेताहरुको बैठकमा संसदमा विचारधीन राष्ट्रिय सभा विधेयक निर्वाचन कार्यतालिका अनुसार घोषित मितिमै निर्बाचन सम्पन्न गर्ने लगायतका बिषयमा छलफल केन्द्रित रहेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो । 

नेकपा एमालेका नेता सुवास नेम्वाङ्गले निर्वाचन तोकिएकै मितिमै सम्पन्न गर्ने निर्वाचन आचार संहिता पूर्ण रुपमा पालना गर्ने तथा राष्ट्रिय सभा विधेयकका बारेमा भोलि शीर्ष ३ नेताहरु पुनः छलफल गरेर टुंगोमा पुग्ने बिषयमा नेताहरुको एकमत रहेको बताउनु भयो । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, एमाले नेता माधव कुमार नेपाल, माओवादी केन्द्रका रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।