पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

निर्वाचन आयोगद्वारा सुरक्षा कार्ययोजनाबारे छलफल

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गृहमन्त्रालयले बनाएको सुरक्षा कार्ययोजनाका बारेमा  छलफल गरेको छ । 

आयोगमा आज बसेको उच्चस्तरी सुरक्षा समितिको वैठकमा स्थानीय तहका तीनै चरणको निर्वाचनको अनुभवका आधारमा मन्त्रालयले  तयार गरेको सुरक्षा योजना उपयोगी र व्यावहारिक भएको निष्कर्ष निकालेको छ । 

बैठकमा गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले आगामी निर्वाचनमा नेपाली सेनालगायत ४ वटै सुरक्षा निकायबाट पर्याप्त जनशक्ति परिचालन हुने जानकारी गराउनुभएको थियो ।

बैठकपछि प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दलहरुबीचको गठबन्धनले शान्ति सुरक्षा र निर्वाचनको वातावरण निर्माणमा थप टेवा पुग्ने बताउनुभयो ।

प्रमुख आयुक्त डा. यादवले  निर्वाचनका लागि आवश्यक सबै तयारी गरेर अघि बढिसकेकाले मतदान र मतगणना स्थलको सुरक्षाका अतिरिक्त  दलका नेता, उम्मेदवार, मतदाता र निर्वाचन पर्यवेक्षकको सुरक्षालाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।