पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको अन्त्येष्ठी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको आज अन्त्येष्ठी गरिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा निर्माण व्यवसायी महासंघको कार्यालय अनामनगर पुगी अध्यक्ष गौचनको पार्थिव शरिरमा नेपालको राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो । 

प्रधानमन्त्री देउवाले स्वर्गीय गौचनका परिवारसँग भेट गरी समवेदना प्रकट गर्नुभयो । 

स्वर्गीय गौचनप्रति श्रद्धाञ्जली अर्पण गर्न गृहमन्त्री जनार्दन शर्मा, गृहराज्यमन्त्री श्याम कुमार श्रेष्ठ, शुभेच्छुक तथा आफन्तहरु महासंघको कार्यालय पुग्नुभएको थियो ।