पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एमाले तराईका जनताका लागि काम गर्ने पार्टीः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले तराई मधेशका जनताका लागि काम गर्ने पार्टी भएको दाबी गर्नुभएको छ । 

आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले एमाले सबै नेपालीलाई समेट्ने, विभेद र अन्यायका विरुद्ध लड्ने पार्टी भएको बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीले मधेश समता पार्टीका अध्यक्ष एवं संसद मेघराज नेपाली ‘निषाद’ लाई पार्टी प्रवेश गराउनुभयो ।