पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रजातान्त्रिक प्रक्रिया टिकाउन सबै एकजुट हुनुपर्छः नेता सिंह 

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातान्त्रिक प्रक्रिया टिकाउन सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । 

नेपाली काँग्रेस काठमाडौंले गरेको जिल्ला अगुवा कार्यकर्ता भेलामा काँग्रेसका नेता सिंहले प्रजातान्त्रिक प्रक्रियाले निरन्तरता पाए मात्र निर्वाचन निरन्तर रूपमा हुने र सबैले अवसर पाउने बताउनुभयो । 

कार्यक्रममा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले लोकतन्त्रको स्थायित्वका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । 

काँग्रेस नेता नवीन्द्रराज जोशीले पार्टीमा दुःख गरेका व्यक्तिलाई नेतृत्वले उच्च मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । 

केन्द्रीय सदस्य गगनकुमार थापाले लोकतन्त्र प्राप्ति र संविधान निर्माणमा काँग्रेसले खेलेको भूमिका आम जनतामाझ लगेर जनताको मन जित्न जरुरी रहेको बताउनुभयो । 

केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले स्थानीय तहको नतिजालाई आत्मसात् गरी प्रदेश र केन्द्रमा टिकट वितरण गर्नुपर्ने बताउनुभयो । 

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले काँग्रेस एक ढिक्का भए वाम गठबन्धनले कुनै असर नगर्ने बताउनुभयो ।