पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

लेक लागेर खुम्बुमा ब्रिटिस नागरिकको मृत्यू

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर एक जनाको मृत्यू भएको छ । 

पर्यटकीय क्षेत्र खुम्बु–पासाङल्हमु गाउँपालिका–४ स्थित ढोले भन्ने ठाउँमा बेलायती नागरिक ६३ वर्षिया टेरेन्सी जोन गोस्टीलिङको बिहीबार बिहान कोठामा सुतिरहेको अवस्थामा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिनुभयो ।