पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भूमिसुधार कार्यालय सप्तरीका प्रमुख घुससहित पक्राउ

सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमिसुधार कार्यालय सप्तरी राजविराजका कार्यलय प्रमुख उपसचिव प्रकाश प्रसाद पोखरेललाई १ लाख ५० हजार घुससहित पक्राउ गरेको छ ।

जग्गाको मोहियानी हक कायम गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग लिएको घु रकमसहित निजकै कार्यालयबाट आज नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।